कपिलवस्तुको शिवगढिमा विप्लवको पार्टी केन्द्रीय कार्यलयको शिलान्यास
कपिलवस्तु -नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिलाई लिएर केहि व्यक्तिले वार्ता भाड्न खोजेको बताउनु भएको छ ।
नयाँ बर्षको दिन बुधबार गृहजिल्ला कपिलवस्तुको शिवगढिमा आफ्नो पार्टीको केन्द्रीय कार्यलयको शिलान्यास गर्दै विप्लवले आफूहरु ३ बुँदे सहमतिप्रति दृढ रहेपनि केहि व्यक्तिहरु वार्ता विथोल्न लागिपरेको आरोप लगाउनु भयो ।
गृहमन्त्री समेत रहेका केपी शर्मा ओली समूहका नेता रामबहादुर थापाले मंगलबार मात्रै ‘विप्लव समूहसँग हतियार रहेको र उनीहरुलाई सुरक्षा निकायले निगरानी’मा राख्नुपर्ने निर्देशन दिनु भएको थियो
आफैं सहमति गरेर विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरिरहेका रामबहादुर थापाले विवादास्पद अभिव्यक्ति दिएपछि विप्लवले युद्ध र अशान्ति चाहनेहरु वार्ता भाँड्न लागेको आरोप लगाउनु भयो ।
विप्लवले भन्नु भयो , ‘हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौं। ३ बुँदे सहमतिलाई युद्ध र अशान्ति चाहनेहरुले वार्ता बिथोल्न खोजिरहेका छन्।”
जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउदै आएको भन्दै विप्लवले जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो ।विप्लवले अगाडी भने ‘जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौं र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहन्छौं।’
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजबाट केन्द्रीय सम्पर्क कार्यालयको निर्माण सुरु गरेको हो।सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपा गत फागुन २१ गते सार्वजनिक भएका थिए।सरकारले २०७५ फागुन २८ गते लगाएको प्रतिबन्ध फिर्ता लिएपछि विप्लव नेतृत्वको नेकपा खुल्ला कार्यक्रम गर्दै आएको छ।
खुल्ला राजनीतिमा आएलगत्तै नेकपाले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय निर्माण सुरु गरेको हो।भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराउनु भयो ।