Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटनामा परी बारामा दुईजनाको मृत्यु

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

accident

 

काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

ना २७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहाको सिरहा नगरपालिका–७ का ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुरका ३९ वर्षीय सानुकाजी चित्रकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमै र सानुकाजीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu