Connect with us
Kapilvast Forest

भत्ता समयमा नँपाउदा वृद्ध ,वृद्धा निरास

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालिकाका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकहरुलाइ बैंकले समयमै रकम नहाल्दा सास्थी भाेग्नु परेकाे गुनासाे गरेका छन । शितगंगा नगरपालिकाकाे वडा नम्बर१४ मा करिव ३५० सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक छन अर्घाखाँचीका नागरिक भए पनि अनिवार्य बैंकिङ प्रणाली बाट भत्ता बुझ्नु पर्ने नियम सुरु भए सँगै शितगंगाका १४ वडामा विभिन्न बैंकहरुले बाडेर खाता खाेल्ने क्रममा १४ नम्बर वडा साइन रेसुङ्गा बिकास बैककाे जिम्मा परे पछि सबै सामाजिक सुरक्षा प्राप्त गर्नेहरुले खाता खाेले तर भत्ता बुझ्ने क्रममा दुख पाउने गरेकाे गुनासाे स्थानियले गरेका छन ।

अन्य वडामा प्राप्त गरेकाे थाहा पाएर लामाे बाटाे हिडेर कपिलबस्तुकाे सालझण्डी ,चारनम्बर पुगेर खाली हात फर्कनुपरेकाे गुनासाे गर्दै वडा कार्यलयमा अाउने गरेकाे वडा अध्यक्ष दामाेदर न्याैपानेले बताउनु भयाे ।

शितगंगा नगरपालिकामा अन्य बैकहरुले सामाजिसुरक्षाभत्ता बितरण गरि सकेपनि साइन रेसुङ्गा बैकले ढिलाेगर्दा विशेष गरि वृद्ध वृद्धाहरुले सास्थी पाएकाे वडा नम्बर १४ का अध्यक्ष न्याैपानेले गुनासाे गर्नु भयाे । साइन रेसुङ्गा बैकले वडा नम्बर ३,५,६ र १४ मा सामाजिक सुरक्षाभत्ता बितरण गर्छ जसमध्ये वडा नम्बर ३ काे मात्र निकासा गरेकाे छ । साइन रेसुङ्गा बिकास बैक बाट सितगंगा नगरपालिकाका १४५५ लाभग्राहीले भत्ता प्राप्त गर्न गर्दछन ।

यस्तै कामना सेवा बिकास बैकले बुधबार बाट बितरण सुरु गरेकाे बैकंका ब्यवस्थापक बिक्रम श्रेष्ठले जानकारी दिनु भयाे यस्तै बाणिज्य बैकका लाभग्राही मध्ये खाता खाेल्न छुट भएका हरुकाे मात्र बाँकी रहेकाे छ । यस्तै साइन रेसुङ्गा बिकास बैँकका ब्यवस्थापक अशाेक रेग्मीले अाज शुक्रबार बाट शाखा बाट बितरण सुरु गरिएकाे बताउनु भयाे ।

चैतकाे तेस्राे साता नगरपालिका बाट रकम निकासा भएकाेले पनि पाेस्टिङ्गकाे लागि केही दिन लाग्नु स्भाविक रहेकाे बताउनु भयाे । बर्ष समाप्ति सँगै बैंककाे क्लाेजिङ्गकाे कारणले पनि केही समय बढि लागेकाे रेग्मीले बताउनु भयाे । शितगंगा नगरपालिकामा करिव ५ हजार सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही रहेका छन । सामाजिक सुरक्षाभत्ता अनिवार्य बैकिंङ्ग गरे पछि भाैगाेलिक बिकटताका कारण यहाँ का लाभग्राही धेरै मर्कामा परेका छन भत्ता बुझ्नकै लागि १ /२ दिनकाे बाटाे हिड्नु पर्ने बाध्यता समेत रहेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu