नेपाल उत्पिडीत जातिय मुक्ति समाजको बैठक सम्पन्न
संजिव गहतराज ,कपिलवस्तु –कपिलवस्तुको वाण्गंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजको बैठक सम्पन्न भएको छ ।
यहि बैशाष १८ गते वणगंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजको कपिलवस्तु जिल्ला भेला आयोजना गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जातिय छुवाछुत सास्कृतिक समस्या भएकोले यसका बिरूद्ध डटेर लड्दै जानुपर्ने प्रमुख अतिथि नेकपा एमाले जिल्ला सह संयोजक डम्बर शर्मा बताउनु भयो ।
हाम्रा प्रमप्ररा, धर्म, रहसन, संस्कृति भित्र रहेका विभेदलाई नै ठिक गर्नु आजको आवश्यकता रहेको नेकपा एमाले जिल्ला सह संयोजक शर्माले जोड दिनुभयो ।मुलुकमा थुप्रै परिवर्तन भएतापनि दलित समुदाय माथि हुने विभेद अन्त नभएककोले संगठित हुँदै जनुपर्ने नेपाल उत्पिडीत जातिय मुक्ति समाज केन्दिय सदस्य सि।बि गहतराजले जोड दिनुभयो ।
टिकाराम सुनारको संयोजकत्वमा ५ सदस्य आर्थिक संकलन समिति, रामप्रघट कोरीको संयोजकत्वमा १२ सदस्य जन परिचालन समिति, पुर्णचन्द परियारको संयोजकत्वमा ५ सदस्य सास्कृतिक मंच ब्यवस्थापन समिति, संजिव गहतराजको संयोजकत्वमा ४ सदस्य अतिथि सतकार समिति, राम बहादुर गन्धवको संयोजकत्वमा ५ सदस्य प्रचार प्रसार समिति र यातयात ब्यवस्थापन समिति बनाईएका छ ।
नेपाल उत्पिडीत जातिय मुक्ति समाज कपिलवस्तुको जिल्ला अध्यक्ष टीका सुनारको अध्यक्षतामा संचालित बैठक उपाध्यक्ष राम प्रघट कोरीले संचालन गर्नुभएको थियो ।