Connect with us
Kapilvast Forest

केपी ओलीले भारतसामू शरणमा पगरे: देउवा

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

Sher-Bahadur-Deuba-Nepali-Congress.jpg

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले ओली भारतको त्वम् शरणम् भएको आरोप लगाउनुभएको छ ।

‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको शरणम् भएका छन्’ उहाँले भन्नुभयो , ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद  ? देउवाले कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्’ उहाँले भन्नुभयो ।

अहिले पनि परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै देउवाले आफूले परिस्थिति हेरिरहेको बताउनुभयो । ‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’ देउवाले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने पनि देउवाले बताउनुभयो ।

‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उहाँले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् । के के भइरहेको छ रु’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu