Connect with us
Kapilvast Forest

शुद्धोधन पुर्ण खोप घोषणा, कपिलवस्तु असार सम्म घोषणा हुंदै

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु-
बालबालिकाहरु खोपको पहुचमा आए पछि कपिलवस्तुको शुद्धोधन गाउंपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ । गाउंपालिकामा आयोजित एक कार्यक्रमका विच गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले प्रतिवेदन पढेर सो घोषणा गरे । गाउंपालिकामा १५ महिना सम्मका १ हजार ४९८ जना वालवालिकालाई लगाइएको खोपको तथ्याकंकको आधारमा गाउंपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्यव समितिको सचिवालयले अनुगमनको आधारमा पुर्ण खोप पाइएको आधारमा पालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । पुर्ण खोप घोाषण कार्यक्रममा खोप समन्यव समितिका संयोजक तथा जिल्ला समन्य समितिका प्रमुख नारायण प्रसाद खनालले पुर्ण खोप मापदण्ड प्राप्त भएको प्रमाण पत्र प्रदान गरे । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,वडा नं १ का अध्यक्ष तिलकराम यादव, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, बासखोर स्वास्थ्य चौकी प्रमुख रामकृष्ण पन्थी लगायतले खोपको दिगोपनको सुनिश्तताको लागि सबैले सहगोग गरी समन्यव गर्नुपर्ने बताए । जनप्रतिनिधी , कर्मचारी , महिला स्वास्थ्य स्वंमसेवी र अन्य सरोकारवाला निकायले सहयोग गरेको कारण पुर्ण खोप घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खांले बताए । जिल्लाका वाणगगा नगरपालिका, शिवराज नगरपालिका बुद्धभुमी नगरपालिका र शुद्धोधन गाउंपालिका पुर्ण खोप घोषणा गर्ने पालिका भएका छन । अन्य पालिकालाई पनि विस्तारै घोषणा गरि यही आर्थिक वर्षमै कपिलवस्तु जिल्ला पुर्ण खोप कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनाललृे बताए । जिल्ला स्वास्थय कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले जिल्लालाई पुणृ खापयुक्त बनाउने अभियानलाई तीब्ररुमपा अघि बढाइएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu