Connect with us
Kapilvast Forest

आजबाट भीमफेदी–कुलेखानी सडक बन्द

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

हेटौंडा-भीमफेदी–कुलेखानी सडकको काठमाडौं तर्फ पिच गर्नुपर्ने भएकाले आज शुक्रबारदेखि डेढ महिनाका लागि बन्द गरिएको छ।हेटौंडा–काठमाडौं आवत जावतको छोटो मार्गमा आज वैशाख १० गतेबाट आगामी जेठ २५ गतेसम्मका सडक बन्द गरिएको लागि बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक डाक्टर सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

साँघुरो रहेको भीमफेदी–काठमाडौं सडकलाई फराकिलो पार्दै पर्खाल तथा ढल निर्माणको काम सकिएकाले अब पिच तथा स्ल्याब ढलान कार्यका लागि सडक बन्द गर्नुपरेको निर्देशक भण्डारीले बताउनुभयो ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साँढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी कुुल ३४ करोड रुपैंया विनियोजन भएको थियो। मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकालीका जोड्ने सडक निर्माण कार्यले पनि अहिले तीब्रता पाएको छ।

हेटौंडा–भीमफेदी–काठमाडौं सडक सुदृढीकरणको कामको अहिले करिब ८० प्रतिशत कार्य सम्पन्न भएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu