Connect with us
Kapilvast Forest

कोही पार्टी खोस्ने ढंगले आएको हो भने सम्भव छैन: ओली

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर माधव नेपाल पक्षसँग भेटघाट गर्दा पनि उनीहरूले पहल नगरेको बताउनुभउको छ ।

बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’

कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेको भन्दै ओलीले अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए । ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’

 

ती नेताका अनुसार ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थका कारण पार्टी विभाजन भएको बताउनुभयो । आफूले दुस्ख गरेर एकीकृत गरेको पार्टीको साधारण सदस्यबाट समेत हटाउने दुस्साहस दाहाल र नेपालले गरेको उहाँको भनाइ थियो ।

‘धेरै दुस्खले एकीकृत गरेको पार्टी प्रचण्ड–माधव पक्षले आफ्नो महत्त्वाकांक्षा र स्वार्थका कारण पार्टी पुनः विभाजित भयो। विभाजित नभएको भए पनि यतिधेरै शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियो कि मलाई साधारण सदस्यबाटसमेत हटाउने दुस्साहस गर्नुभयो,’ उहाँले भन्नुभयो , ‘व्यक्तिहरु नेतृत्वमा हाबी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियत हुने थिएन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu