Connect with us
Kapilvast Forest

नेकपा एमालेद्धारा शोक शभा

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

 संजीव गहतराज,कपिलवस्तु- नेकपा एमाले वडा नं ५ वडा कमिटि वडा अध्यक्ष शरद अधिकारी पृत्रि शोकमा परेका छन । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका –३, बलुहवाडाँडा निवासी अध्यक्ष अधिकारीका पिता गणेश प्रसाद अधिकारीको निधनको ७ औ दिनमा नेकपा ऐमाले जिल्ला कमिटिले शोकसभा सम्पन्न गरेको हो ।

शोक सभालाई सम्बोधन गर्दै स्वर्गीय गणेश प्रसाद अधिकारीको निधले पार्टीलाई ठुलो चोट पुगेको नेकपा ऐमाले प्रदेश ककिमटि सदस्य तथा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । स्वर्गीय अधिकारीले गरेका असल कामहरुलाई सम्झर्दै उहाका सन्तानहरु पनि पार्टीमा कटीबद्ध रहदै नेतृत्वदायी भुमिका गरेको प्रति अधिकरीले आभारी ब्यक्त गर्नुभयो ।

स्वर्गीय अधिकारीलाई गुमाउदा एक असल अभिभावक गुमाएको बताउदै मृत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना नेकपा ऐमाले सचिवालय सदस्य तथा प्रदेश सभा सासद अर्जुन के।सिले प्रकट गर्नुभयो ।

कार्यक्रममा नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा वडा नं।१ अध्यक्ष जगत जिसिले स्वर्गीय गणेश प्रसाद अधिकारीको जिवनी बताउनुभएको थियो । शोक सभामा पार्टी नेता, कार्यकर्ता, विभागहरु तथा जनवर्गीय संगठाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेकपा ऐमाले जिल्ला कमिटि अध्यक्ष झविलाल पोख्रेलले अध्यक्षता गर्नुभएको शोक सभाका संचालन शिवराज नगर अध्यक्ष जगत पौडेलले गर्नुभएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu