सितगंगा नगरपालिका वडा न १० वडा कार्यालयको नवनिर्मित भवन उद्धघाटन
अर्जुन बेल्बासे ,कपिलवस्तु
सितगंगा नगरपालिकाको वडा नम्बर १० ले वडा कार्यालयको भवन निर्माण गरेको छ ।सनिबार एक कार्यक्रमका विच सितगगां नगरपालिकाका नगर प्रमुख सुुर्य प्रसाद अधिकारीले वडा न १० हर्रेमा रहेको नव निर्मित भवनको उदघाटन गर्नु भएको हो । भवन उदघाटन गर्दै नगर प्रमुख अधिकारीले वडाले अब आफनै भवन बाट जनताको सेवामा खटन अझ सहज हुने बताउनुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले कोभिड–१९ को दोस्रो लहर फैलिन नदिनका लागि नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गर्दै सबै सजग रहन आग्रह गर्नु भयो ।
वडा कार्यालय भवनको उद्घाटनमा बोल्दै सितगगां नगरपालिकाका नगर उप प्रमुख टिका रेस्मिले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । शिलान्यास भएको एक वर्षमै वडा कार्यलय निर्माण पुरा भएको सितगगां नगरपालिका वडा न १० का वडा अध्यक्ष हिम्मत पोख्रेलले बताउनुभएको । आफ्नै भवन भएपछि सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने अध्यक्ष पोख्रेलले जनाउनुभयो ।
व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप वडा कार्यालयको आफनै भवन निर्माण गरेका वडा अध्यक्ष पोख्रेलले बताउनुभयो । कोभिडको दोस्रो लहर ब्यापक रुपमा बढेकाले उदघाटन कार्यक्रममा सिमित ब्यक्तिहरुलाइ मात्रै खवर गरेको बताउनु भयो ।
गत वर्ष देखिनै महामारीकोरुप लिएकोकोरोना भाइरस भवन निर्माणका सामगी्र लयायतका कार्यमा अवरोधको बाबजुुत पनि एक वर्षमै आफनै भवन निर्माण गर्न सफल भएको बताउनुभयो । २ वटा कोठा र एउटा हल सहितको नवनिर्मित वडा कार्यालयको भवन ३७ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको छ ।