Connect with us
Kapilvast Forest

तपाईंको मास्क खै?’ अभियान सुरुवात

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।

सरकारले यति आग्रह गर्दा पनि नागरिक हरु स्वास्थ्यमापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सामाजिक अभियन्ता सचिन पाण्डे र सञ्चारकर्मी अमित भट्टले संयुक्त  यस अभियानको सुरुवात गरेका हुन् ।

अभियान शनिबार नयाँ बसपार्कबाट सुरु गरी बिजी मल माछापोखरी लगायत भिडभाड हुने ठाउँमा करिब १० प्याकेज मास्क वितरण गरेका हुन् भने उनीहरूलाई कार्यक्रम अवधिभर महानगरीय प्रहरी प्रभाग गोंगबु  नयाँ बसपार्क र ट्राफिक प्रहरी बसपार्कले महत्त्वपूर्ण कार्यक्रमका लागि धन्यवाद दिएका छन्।

कार्यक्रम सञ्चालन गर्दै अभियन्ता पाण्डेले यस अभियान देशव्यापी रुपमा गर्न सबैलाई अनुरोध गरे ।अभियान दिउँसो दुई बजेदेखि काठमाडौं छिर्ने मुख्य नाका नागढुंगामा सञ्चालन हुँदैछ भने कार्यक्रममा लाग्ने मास्क, सेनिटाइजर लगायत सामग्री अभियान्ता सचिन पाण्डेले व्यवस्थापन गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu