Connect with us
Kapilvast Forest

सरकार आफैँ पालना गर्दैन जनस्वास्थ्यको मापदण्ड

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- कोरोनाको दोस्रो लहर निकै संक्रामक र घातक बन्दै आएको र यही अवस्थामा संक्रमण बढ्दै गए हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्वास्थ्यविद्‍ले बताइरहेका छन्।

जुन कुराको पुष्टि हाम्रोमा दैनिक बढ्दै गएको नयाँ संक्रमितको संख्याले पनि पुष्टि भइरहेको छ। यसरी निकै जटिल बन्दै गएको कोरोनाको दोस्रो लहरको समयमा सरकार भने आफै नियमको पालना गरेको पाइँदैन।

हाल कोरोनाको उपचार गर्न भनेर छुट्याइएका अस्पातलहरूमा संक्रमणबाट गम्भीर भएका बिरामीहरूले भरिभराउ छन्। पछिल्लो समय सबैभन्दा धेरै संक्रमित देखिएको काठमाडौं सबैभन्दा धेरै गम्भीर अवस्थामा पुगेका संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ७७ जना आइसियुमा र ४० जना भेन्टिलेटरमा र ३९६ जना आइसोलेसनमा छन्। बिहीबार ५२ जना आइसियुमा र ३८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत थिए। हिजोभन्दा आज उपत्यकामा गम्भीर प्रकारका संक्रमित बढ्दै भएको तथ्यांकले देखाएको छ।

कोरोना संक्रमितको उपचार गर्दै आएका चिकित्सकले पनि कोरोना संक्रमण निकै घातक हुदै गएको बताइरहेका छन्।

 

सवारी समयदेखिनै कोरोना संक्रमितको उपचार गर्दै आएका डा। अनुप बास्तोलाले सामाजिक सञ्जाल मार्फत गत वर्षको भन्दा निकै जटिल र आइसियु र भेन्टिलेटर अभाव भएको भन्दै उनले समाजिक सञ्जालमास सबैलाई सचेत रहन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘ विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन।

अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको संघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्थारु जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ ।‘यसले पनि संक्रमणको जोखिम धेरै जोखिम रहेको पुष्टि हुन्छ।

 

यस्तोबेला सरकार आफैँले भने जनस्वास्थ्यको मापदण्ड पालना गरेको छैन। आज मात्रै प्रधानमन्त्रीले सो नियमको उल्लंघन गर्दै सयौँको सहभागितामा सार्वजनिक समारोहबाटै धरहराको उद्घाटन गर्नु भयो ।

यतिमात्र होइन हिजो मात्रै उनले बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्‍न भयो । जुन उपत्यकामा संक्रमण बढ्दै गएको वेला प्रधानमन्त्रीले नै मापदण्ड पालना नगरेको उदाहरण हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu