२०७७मा विपदबाट २ अर्बभन्दा बढीको क्षति
काठमाडौं-वि. सं. २०७७ सालमामात्रै विपदबाट २ अर्ब एक करोड ९३ लाख रुपैयाँभन्दा बढीको क्षतिभएको अनुमान छ । २०७७ बैशाख १ गतेदेखि २०७८ बैशाख १ गतेसम्मआगलागी, चट्याङ, जनावर आक्रमण, बाढी, पहिरो, अविरल वर्षा, हावाहुरी, हिमपात जस्ता विपदका ४ हजार एक सय ५७ वटा घटना भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी आगलागीका २ हजार ५ सय ८५, पहिरोका ४ सय ८९, अविरल वर्षाका ३ सय ६०, चट्याङका २ सय ४७ र जनावर आक्रमणका २ सय ४३ घटना भएका छन् । विपदकाकारण एक वर्षको अवधिमा ५ सय ९२ जनाको मृत्यु भएको पनिप्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी पहिरोकाकारण ३ सय एक जना, आगलागीबाट ९७, चट्याङबाट ७०, बाढीबाट ४२ र जनावर आक्रमणबाट ३७जनाको मृत्यु भएको तथ्याङ्क छ । एक वर्षको अवधिमा बाढी र पहिरोमा परि एक सय एक जना वेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
विपदकाप्रमुख घटनाहरुबाट एक वर्षमा एक हजार एक सय ६७जना घाइते भएकोमा सबैभन्दा बढी आगलागीबाट ३ सय ७९ जना घाइते भएका छन् । विपदकाकारण ३ हजार ४ सय एक वटा चौपाया मरेकोमा सबैभन्दा बढी आगलागीबाट एक हजार ४ सय १३ चौपाया मरेकाप्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी क्षतिपनि आगलागीबाटै भएको छ । आगलागीबाट मात्रै एक वर्षमा एक अर्ब ८२ करोड १४ लाख ३३ हजारभन्दा बढीको क्षतिभएको छ । अविरल वर्षा, बाढी र पहिरोकाकारण १६ करोड ९७लाख १६ हजार भन्दा बढीको क्षतिभएको प्राधिकरणले जनाएको छ ।