ठोरीमा मृत भेटियो पाटेबाघ, कालगतिले मरेको आशंका
चितवन-पर्साको ठोरीमा पाटेबाघ मृत भेटिएको छ। शनिबार राति मृत बाघ फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जको टोली राति नै ठोरी पुगेको थियो।
बाघ बूढो भएर कालगतिले मरेको आशंका गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।मृत बाघलाई कसरा ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको उहाँले बताउनुभयो ।