Connect with us
Kapilvast Forest

ठमेलका व्यवसायीले लगाए कोरोना खोप

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

काठमाडौ । काठमाडौ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले कारोना खोप लगाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को पहलमा यही बैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल प्रदान गरिएको हो ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई यो खोप प्रदान गरिएको जानकारी दिनुभयो ।

“स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि अहिलेसम्म आठ हजार तीन सयको हाराहारीमा खोप प्रदान गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ । नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu