Connect with us
Kapilvast Forest

शिक्षक र विद्यार्थीमा कोरोना विद्यालय बन्द

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-रसुवाको उत्तरी क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–५ को कोमिन स्यामेवाङ्फेल माध्यमिक विद्यालय आइतबारबाट बन्द गरिएको छ । विद्यार्थी र शिक्षकमध्ये तीनजनामा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक लोकनाथ नेपालका अनुसार केही दिनयता विद्यार्थी र शिक्षक दुवै अस्वस्थ बनेपछि पिसिआर परीक्षण गरिएको थियो । परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालयले पिसिआर परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ देखिएकाले कोरोना रोग फैलिन नदिन एक साताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।

१९ वैशाखदेखि नियमित पठनपाठन हुने उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिकामा सञ्चालित अन्य विद्यालयले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पठनपाठन गराउन गाउँपालिकाले आग्रह गरेको छ ।

उत्तरगया गाउँपलिकामा तीन, कालिकामा एक र गोसाइँकुण्ड गाउँपालिकामा चार गरी रसुवामा हालसम्म आठजना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सदरमुकाम धुन्चेमा समेत संक्रमित भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बाहिर हिँड्डुल गर्दा तथा सार्वजनिक यातायात चलाउँदा, यात्रा गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आह्वान गरेको छ । २५ जनाभन्दा बढी भेला गरी कार्यक्रम नगर्नसमेत कार्यालयले अनुरोध गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu