Connect with us
Kapilvast Forest

ठिमुराको पुल फेरि भत्कियो, १२ कामदारको उद्धार दुईको अवस्था अज्ञात

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

चितवन- गत चैत २४ गते । गत चैत २४ गते भत्किएको भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुलको बाँकी भाग सोमबार बिहान ९ बजे खसेको छ ।

आरसीसी कंक्रिट स्पान भत्किएको उक्त पुलको नदीको बहाव क्षेत्रमाथि स्टील संरचनामा निर्माण गरिएको थियो । पुलको कंक्रिट संरचना भत्किँदा चर्केको अवस्थामा रहेको उक्त संरचनामा केही दिन यता निर्माणको काम भइरहेको बताइन्छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार १४ जनाले काम गरिरहेको अवस्थामा स्टील संरचना खस्दा दुई जना बेपत्ता भएका छन् । तीमध्ये १० जना नदीमा खसेका र आठ जनाको तत्काल उद्धार गरिएको र दुई जना बेपत्ता छन् । १४ जनामध्ये चार जनाको भने नदीमाथि नै उद्धार गरिएको छ । उद्धार र खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाले उक्त स्थानमा बिहानदेखि नै काम भइरहेको बताएका छन् । अहिले स्थानीय बासिन्दा र प्रहरी उद्धार कार्यमा जुटिरहेको बताइएको छ ।

इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीसँग शुरुआतमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । तीन बटा कंक्रिट स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल दुई सय २० मिटर लामो छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu