Connect with us
Kapilvast Forest

शिवराजका सम्पूर्ण शैक्षिक संस्थाको प्रत्यक्ष पठनपाठन स्थगन

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

 

कपिलवस्तु-शिवराज नगरपालिकाले यही २०७८ बैशाख मसान्तसम्मका लागि सम्पूर्ण विद्यालयको प्रत्यक्ष पठनपाठन र वार्षिक परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
कोभिड १९ को प्रभावले बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै शिवराज नगरपालिका आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बैठकले यही वैशाख १५ देखि संचालन हुने विद्यालय स्तरीय वार्षिक परीक्षा र वैशाख २४ गतेदेखि संचालन हुने नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा स्थगन गरि आगामी जेष्ठ २ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै नियमित प्रत्यक्ष सिकाइलाई स्थगित गरि बैकल्पिक माध्यमद्वारा शिक्षण सिकाइ सहजीकरण गर्न नगरका सम्पूर्ण विद्यालयलाई निर्देशन दिने निर्णय भएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।

विद्यालयको कार्यालय भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नियमित संचालन गर्नुपर्ने शिक्षा शाखा प्रमुख पन्थीले बताउनुभयो ।
नगरप्रमुख नेत्रराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा इलाका प्रशासन कार्यालय चन्द्रौटा नेत्र प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य, शिक्षा सम्बन्धी विभिन्न पेसागत संघसंगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu