Connect with us
Kapilvast Forest

महाराजगंजमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटनादर्ता शिबिर शुरू

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

कपिलबस्तु-

कपिलबस्तुको महाराजगंज नगरपालिकामा आज देखी सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता शिबिर सञ्चालन गरिएको महाराजगंज नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको निर्देशन अनुसार सेवा प्रदायक संस्था छनौट गरि नगरपालिकाले शिबिर सञ्चालन गरिएको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

ग्रामीण क्षेत्रका सर्वसाधारण जनताहरुलाई विद्युतिय माध्यमबाट सेवा सुविधा प्रवाह गर्ने उदेश्यले नेपाल सरकारले सुरु गरेको यो अभियान देशरभमा सुचारु भएको छ । सन् २०२४ सम्म सम्पूर्ण नेपालीहरुको व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा राख्ने नेपाल सरकारको अगाडि सारेको योजना अनुसार महाराजगंज नगरपालिकाको ११वटै वडा २०७८ बैशाख १२ गते देखि २६ गते सम्म सबै किसिमका व्यक्तिगत घटनालाई डिजिटलाइज गर्न शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu