Connect with us
Kapilvast Forest

रोल्पामा भीषण आगलागी २५ घर जले

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

रोल्पा-रोल्पाको नुवागाउँबाट सोमबारदेखि सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन्। त्रिवेणी–२ नुवागाउँ स्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भन्नु भयो , ‘पूरै गाउँ शोकमग्न छ। यहाँका २५ घर आगोमा परेर जलेका छन्। मानिसहरूको घर र सम्पत्ति सबै खरानी भएको छ।’

तीन दिनदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले भरमग्दुर प्रयास गरे पनि सकेका थिएनन्। ‘आगो निभाउन खोज्दा पनि बेस्सरी हावा लागेकाले सम्भव भएन,’ स्थानीय ईश्वरी घर्तीमगरले भन्नु भयो । एक जंगलबाट फैलिएको आगो त्यसपछि दर्जन सामुदायिक वनमा फैलिएको छ। त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ।

हालसम्म गोठसहित ४० वटा घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार आगोमा परी १६ वटा बाख्रा, ७ वटा गाई, १ वटा बंगुर जलेर मरेका छन्। आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ।

सबैभन्दा बढी क्षति पुगेको पिराले गाउँमा प्रजिअ, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र रेडक्रसका प्रतिनिधि राहत लिएर घटनास्थल पुगेका छन्।

निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ। आगलागीपीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ।

साविकको नुवागाउँ–१ धानबाङबाट आगो सल्किएको थियो। बुधबार बिहानसम्म आगो रुन्टीगढी गाउँपालिकाको सखी गाउँनजिक पुगेको छ। अहिलेसम्म मानवीय क्षति भएको छैन। आगो धानबाङ हुँदै सानो चेत्रे, कापडाँडा, पिराले, पिउरीसम्म फैलिएको छ। नियन्त्रण बाहिर रहेको आगो रुन्टीगढी गाउँपालिकाको सखी, गुनाम, करेटी र सर्पालतर्फ फैलिरहेको छ।

आगो नियन्त्रणमा लिन नसके ह्याङ, करेटी, गुनाम, सखी र सर्पालमा रहेका कम्तीमा १ सय घर उच्च जोखिममा छन्। दहवन र रामपुर गाउँ पनि जोखिममा छन्। गुनाम गाउँनजिकै आगलागी भइरहेकाले नियन्त्रणमा लिन चुनौती देखिएको पत्रकार पहलमान घर्तीमगरले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu