Connect with us
Kapilvast Forest

कपिलबस्तु नगरपालिकाले अक्सिजन सहितको आइसोलेशन संचालन गर्ने  

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

 

कपिलवस्तु -कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको कपिलबस्तु नगरपालिकाले तत्काल २५ बेड क्षमताको अक्सिजन सहितको आइसोलेशन संचालन गर्ने निर्णय गरेको छ ।

जसकालागि कपिलवस्तु अस्पताल प्रशासनले अक्सिजन सिलिण्डर खरिद गर्ने र आइसोलेशन संचालन गर्ने नगर पालिकाले आवश्यक खर्च रकम भुक्तानी गर्ने निर्णय भएको छ ।कोभिड १९को संक्रमण नियन्त्रणको लागि छलफल गर्न बसेको सर्वदलिय, सर्वपक्षिय तथा नगर कार्यापालिकाको संयुक्त बैठकमा बोल्दै मेयर किरण सिहंले कपिलवस्तु अस्पतालका ६ जना स्वास्थ्यकर्मीको तलवको ब्यवस्था नगरले गर्दै आएको आवश्यक परेका स्वास्थ्य सामाग्री खरिद भएको रकम भुक्तानी दिने गरेको वताउनु भयो ।

 

उहाले जनताको जीवन भन्दाठूलो स्थानीय सरकारकालागि अरु केहि नहुने भन्दै आइसियू सहितको आइशोलेशन बीहिवार सम्ममा स्थापना गरिसक्ने प्रतिवद्धता कपिलवस्तु अस्पतालका मेसु किशोर बनजाडेले गरेको जानकारी बैठकमा गराउनु भएको थियो ।उक्त बैठकमा नेकपा एमालेका नगर अध्यक्ष भेषराज पाण्डे ,माओवादी केन्द्र राममिलन उपाध्यया ,नेपाली कांग्रेसका राम आशिष पाण्डे ,जसपाका कैलाश अग्रहरी लगायतको उपस्थिती थियो । उहाहरुले नगरपालिकालाई तत्काल अक्सिजन सहितको आइशोलेशन स्थापना गर्न वजेट निकासाकालागि आग्रह गर्नु भएको थियो ।

सोही संयुक्त बैठकवाट नगरका तर्फवाट ७ बुंदे निर्देशन समेत जारी गरेको छ । नगरपालिका भित्र लाग्ने दैनिक तथा साप्ताहिक बजार, सम्प्र्ण शैक्षिक गतिविधी अर्को सुचना जारी नहुदा सम्मका लागि बन्द हुने भएको छ । यस्तै दैनिक उपभोग गर्ने खाद्य सामाग्री, तरकारी स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै खरिद विक्रि गर्न निर्देशन दिएको छ भने । पार्टी प्यालेस, रेष्टुरेण्ट होटलहरु विहान ८ बजे देखि ८ बजेपछि सम्म मात्र खोल्न पाइने तथा खानेकुराहरु प्याकेजिङ गरि घरमै लैजानुपर्ने निर्णय भएको छ ।

त्यस्तै २५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादि नगर्न पनि अनुरोध गरेको छ । सो छलफलमा बोल्दै प्रदेश सभा समस्य धरम वहादुर लाल श्रीवास्तवले प्रदेश सरकारले विगत र वर्तमानमा गरेका निर्णय कार्यान्वयन हुन नसकेका भए कार्यान्वयमा लैजान सघाउने प्रविद्धता जनाउनु भयो ।

उहाले प्रदेश सरकारले दिने भुक्तानी केहिदिन ढिला भएपनि स्थानीय सरकारले तत्काल खर्च गरेर जनताको जीवन वचाउन आग्रह गर्नु भयो ।यसैगरी नगरपालिका, नगरकार्यापालिका तथा सम्पुर्ण वडा कार्यालयहरुबाट संचालन हुने अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा अर्को सुचना जारी नहुदा सम्मका लागि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu