अर्घाखाँचीमा प्रशासन एक साताका लागि बन्द
अर्घाखाँची-सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहित केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गरेको छ ।
प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक हुने कार्य सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भयो । शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अति जरुरी सेवा बाहेक अन्य सेवा बिहीबारदेखि २२ गतेसम्मका लागि स्थगित गरिएको पौडेलले बताउनुभएको छ ।
जिल्लामा हालसम्म ८ सय ६१ जना कोरोना संक्रमित छन् । १९ जनाको ज्यान गएको छ ।