Connect with us
Kapilvast Forest

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिन

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

quarentin ncn
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-सरकारले विदेशबाट आउने यात्रुले १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने निर्णय गरेको छ ।विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण गर्न भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्ले यस्तो व्यवस्था गरेको हो । हवाईमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट लिएको हुनु पर्नेछ ।

वायुसेवा कम्पनीले बोर्डिङ पास जारी गर्नुअघि उक्त प्रमाण भएको सुनिश्चित गरेर मात्र पास जारी गर्ने, हवाईमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुलाई होटलसम्म पु¥याई क्वारेन्टिनमा राख्ने दायित्व सम्बन्धित एजेन्सीको हुने पनि जनाएको छ ।

हवाईमार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा गर्नुअघि स्वाव संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने र प्रवेश गरेपछि १० दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

हवाईमार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरु होटल वा होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाई सम्बन्धित स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने तथा होटल वा होम क्वारेन्टिनमा बसे नबसेको सम्बन्धमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्थानीय तहले अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा नियमित अनुगमन गर्ने पनि निर्णयमा उल्लेख छ ।

विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक अन्य विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने, यसअघि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले नेपालबाट हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान गर्न दिने समेत निर्णय मन्त्रिपरिषद्ले गरेको छ । नेपाल आएका विदेशी यात्रुहरु शुरु प्रस्थान गरेकै देशमा फर्कन चाहेमा ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट पेश गरेमा प्रस्थान गर्न दिने निर्णयमा उल्लेख छ ।

मन्त्रालयले नेपाल आउने पर्यटकहरुको सम्बन्धमा १० दिनको होटल क्वारेन्टिन अनिवार्य हुनेगरी गत चैत ५ मा जारी भएको ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने मापदण्ड, २०७७’ का अन्य व्यवस्थाहरु यथावत् कायम रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu