भारतीय बाहेकलाई काँकडभिट्टा नाका स्थगित
काठमाडौं -बिपत व्यवस्थापन केन्द्र झापाको बैठकले नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकलाई काँकडभिट्टा नाकाबाट हुने आवागमन स्थगित गरेको छ।
यसैगरी नेपाल भारत स्थलगत सीमा नाका काँकडभिट्टा नजिकै काँकडभिट्टा मावि अगाडि रहेको खाली चौरमा कम्तीमा १ हजार क्षमताको बहु उपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेण्टर तत्कालै निर्माण गर्न नेपाली सेना नयाँ श्रीनाथ गण चालआली व्यारेकलाई अनुरोध गरिने भएको छ।
कोभिड १९ को कारण देखाई दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीहरुको बजारमा कृतिम अभाव श्रृजना गर्ने, कालो बजारी गर्ने, मुल्यबृध्दि गर्ने र म्याद सकिएका खाध्यबस्तुको रिलेबलिङ गर्ने जस्ता कानून विपरितका कार्य हुन नदिन बजार अनुगमनलाई तिब्रता दिईने भएको छ।