Connect with us
Kapilvast Forest

जनमोर्चाले आफ्नो निष्ठा जोगाउनका लागि पनि सांसद शाहीमाथि कारबाही गर्नुपर्छ:पाैडेल

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश सभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताउनुभएको छ । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाउनुभएको छ ।

बिहीवार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गर्नुभयो । गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी ‘हराउनुभएको’ थियो ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाउनुभयो । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किर्ते–नक्कली बहाना बनाएर, अघिल्लो दिन कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो । खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक देशका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षडयन्त्रको छानबिन हुनुपर्छ ।’

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । स्थानीय प्रशासन, सङ्घीय सरकार स्वयम् यसमा सहभागी भएको नेता पौडेलले भनाइ छ । उहाँले भन्नुभयो, ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाण्डौ आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ‘आईसीयू’ मा भर्ना हुनुभएको थियो । मङ्गलवारसम्म सकुशल रहनुभएका शाही मत विभाजन हुनुअघि अस्पतालको आईसीयूमा भेटिनु शङ्कास्पद देखिन्छ। राष्ट्रिय जनमोर्चाको तीन सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा एमालेका गुरुङको सरकार ढल्ने निश्चित थियो । कोरोना सङ्क्रमण भएको भन्दै शाही चरक अस्पतालमा भेटिनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu