Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कोरोना भयावह बन्दै ,कोरोनाले ४४ जनाको ज्यान गयो

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

corona

कपिलवस्तु-नेपालमा पछिल्लो २४ घण्टामा थप३५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको छ ।त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ। त्यस्तै कपिलवस्तुमा पनि कोरोना संक्रमण र कोरोना संक्रमणबाट मृत्युहुने दर बढिरहेको छ ।

कपिलवस्तुमा विहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ । विहीबार एकैदिन विजयनगरमा १ जना, शिवराजमा १ जना, कपिलवस्तु नगरपालिकामा १ जना र वाणगंगा नगरपालिकामा २ जना गरी ५ जना संक्रमितको ज्यान गएको हो ।

शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ७० बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बस्ने ८८ बर्षीय अर्का पुरुषको पनि कोभिड १९ को संक्रमणको कारणले ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले शिवराजमा ८० जना सक्रिय संक्रमितको रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा भएको भयावहले नागरिकहरुमा त्रास बढेको छ । शिवराज नगरपालिका वडा १ शिवपुर स्वास्थ्य चौकीमा कार्यरत एक सहयोगि कर्मचारीको विहीबार निधन भएको छ । त्यस्तै सोहि कार्यालयमा कार्यरत एक स्वास्थ्यकर्मीका अवस्था गम्भीर रहेकोले भैरहवा पठाएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्राइले बताउनुभयो ।

त्यस्तै अन्य स्वास्थ्यकर्मी तथा नगरका कर्मचारीहरुमा पनि कोरोना देखिएको छ । नगरपालिकाले वडा कार्यलयहरु बन्द गर्नुपर्ने भएपनि बन्द नगर्दा थप सक्रमण फैलिने डर बढेको छ । वडाहरुमा सेवाग्रहीको घुइचो अझै पनि कायम छ । शिवराज नगरपालिका ५ चन्द्रौटा बजारमा अहिले पनि भिडभाड छ ।

 

कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । विहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै विहीबार विहान वाणगंगा ४ का करिब ४५ -५० बर्षीय एक पुरुषको पनि उपचारको क्रममा काठमाडौंमा ज्यान गएको थियो ।यस संगै जिल्लामा कोभिड १९ को कारणले ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।स्वास्थ्य कार्यालयले ४३ जनाको पृष्टि गरिसकेको छ ।कोरानोको दोश्रो लहर सूरु भएको अप्रिल महिनामा मात्र २० बढीको कोरोनाबाट ज्यान गएको छ   । जिल्लामा कोरोनाको संक्रमितको संख्या ३ सय ४१ पुगेको छ ।