Connect with us
Kapilvast Forest

कपिलबस्तुको शिवराजमा ढोका फोरेर सुनका गहना चोरी

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

कपिलबस्तु । । कपिलबस्तुको शिवराज नगरपालिका २ हेलौडियामा बिहिबार साँझ चोरी भएको छ ।

साझ हावाहुरी चलेको बेला सुन्दर लामिछानेको घरमा ढोका फोरेर चोरी गरेको चन्द्रौटा प्रहरी कार्यालयले जनाएको छ ।

घरका सबै सदस्य पसलमा भएको बेला चोरले नगद ३५ हजार नेपाली रुपैया,८ हजार भारतिय रुपैया, सुनको सिक्रि १ तोला थान, मंगलसुत्र २ तोलाको १ थान ,सुनको अंगुठी आधा र आधा तोलाको २ थान,काठको बाक्सामा रहेको नगद ५ हजार चोरी भएको हो ।

यस्तै छिमेकी गिता रेग्मीले राख्न दिएको सुनको सिक्री १ तोलाको १ थान, नगद २० हजार, सुनको टप आधातोलाको चोरी भएको लामिछानेले बताएका छन।

चोरी गर्ने गिरोहको खोजि कार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu