बालविवाह गर्ने १४ वर्षीय किशोर पक्राउ
काठमाडौं – सल्यानमा बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।वनगाड कुपिण्डे नगरपालिका निवासी १४ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
यही वैशाख १३ गते राति खान खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ ।
बालविवाहसँंगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोही अनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । यसैबीच विवाहमा संलग्न भएको आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पुर्याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।