Connect with us
Kapilvast Forest

काठमाडौंको बौद्धमा शव फेला

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

death

काठमाडौं-काठमाडौंको बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला परेको छ । ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका–६ स्थित धाराटोल घर भएका लामाको शव कानबाट रगत बगेको अवस्थामा भेटिएको छ । बिहीबार बिहान निस्केका लामा साँझ घर फर्केका थिएनन् ।

मदिरा सेवनको लत लागेका लामाको शव फूलबारी स्थित खाली रहेको जस्ताको छाप्रोमा फेला परेको हो । उहाँको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसपी बस्नेतले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu