२ जना मृत अवस्थामा फेला
सुनसरी-सुनसरीको दुहबी नगरपालिकामा एउटा अज्ञात शब फेला परेको छ।जयबाबा इँटा उद्योग नजिक सानो खोलास्थित दहमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सुनसरी ईनरुवा नगरपालिका ५ बलाहा मण्डल टोलस्थित नहरको डिलमा अर्को शब फेला परेको छ। भोक्राहा नरसिंह गाउँपालिका २ महत्तो टोल बस्ने ६० वर्षीय देव नारायण महत्तो मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।