Connect with us
Kapilvast Forest

कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

pakrau fiture

नवलपरासी (पश्चिम)-श्रीमती हत्‍या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्‍लाको प्रतापपुर गाउँपालिका ४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिषयमा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा श्रीमती सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu