Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालयको स्थापना

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

मकवानपुर -आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पलको उप निर्वाचनको लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।निर्वाचनका क्रियाकलाप संचालनका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको प्रदेश निर्वाचन कार्यालयको बागमती प्रदेशको भवनमा शनिबारबाट राष्ट्रियसभा उप–निर्वाचन, २०७८ का निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठको कार्यालय स्थापना गरी संचालन गरीएको हो ।

उक्त कार्यालयबाट निर्वाचन अधिकृत श्रेष्ठले बागमती प्रदेशको राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी बैशाख २१ गतेबाट निर्वाचनका कार्यक्रमहरु संचालन गर्ने छन् ।

राष्ट्रियसभा सदस्य उप–निर्वाचनका लागि निर्वाचन आयोगले आगामी बैशाख २१ गते मतदाताहरूको नामावली प्रकाशन गर्ने लगायतका कार्यतालिका सार्वजनिक गरीसकेको छ ।

राष्ट्रियसभाको सदस्यको निर्वाचनका लागि हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ ।
उक्त केन्द्रमा २ वटा बुथ राखेर मतदान प्रकृया अगाडि बढाइने जनाइको छ ।

राष्ट्रियसभाको सदस्य उप–निर्वाचनमा बागमती प्रदेशसभाबाट बागमती प्रदेशसभाका १ सय १० जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख÷उपप्रमुख गरी कुल ३ सय ४८ जनाले मतदान प्रकृयामा सहभागी हुने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu