निर्धन उत्थान गलकोट शाखाद्वारा बिमा रकम बितरण
झविन भण्डारी,बागलुङ-निर्धन उत्थान लघुबित्त बित्तिय सस्था गलकोट शाखाले ताराखोला ५ रुमफेदीमा एक कार्यक्रम आयोजना गरेर बिमा रकम बितरण गरेको छ।
रुमफेदी महिला समुहकि सदस्य नरमाया रोक्काको पति को मृत्यु पश्चात् मृतकको पत्नी नरमाया रोक्कालाइ सस्थाका कर्मचारी झबिन्द्र भण्डारी तथा केन्द्र प्रमुख सरस्वती कडेल निउरेले सयुत्त रुपमा नगद रकम हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रम मा स्थानीय बुद्धजिबि ओम प्रकाश कडेल, प्रेमबहादुर रोक्काले सस्थाको राम्रो कार्य भैरहेको र आगामी दिनमा अझ राम्रो हुँदै जाओस भन्दै शुभकामना दिनुभएको थियो ।
समुह सदस्य नन्दकली निउरेले अन्य सस्था भन्दा निर्धन उत्थान लघुबित्तले यथार्थ मा अझ राम्रो कार्य गरेको भन्दै खुसी ब्यत्त गर्नुभएको थियो।कार्यक्रम को अध्यक्षता केन्द्र प्रमुख सरस्वती कडेल निउरेले गर्नुभएको थियो भने स्थानीय ,अभिभावक तथा समूह सदस्य को उपस्थिति रहेको कार्यक्रम को सन्चालन कर्मचारी प्रभात कुमार शाह ले गर्नु भएको थियो।