Connect with us
Kapilvast Forest

मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरुको पद एक साता टिकेन

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

safat lumbini

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि जसपाका बागीहरुको मन्त्री पद एक साता पनि टिकेन ।

जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारीसमेत गरेका थिए ।

जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जानै लागेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै अकस्मात राजीनामा दिनुभएको छ ।

पार्टीको निर्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाउनुभउको थियो । समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले कारवाही गरेपछि उहाँहरुको सांसद पद जानुका साथै अब मन्त्री पद पनि गुमेको छ । उहाँहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा उनीहरु पार्टीका शीर्ष नेताहरुसँग परामर्शमा जुट्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफल गर्न थाल्नुभएको हो ।

उहाँहरुले सर्वोच्च अदालतमा दायर गर्ने रिट शुक्रवार नै तयारी गर्नु भएको थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन । आइतबार ११ बजे रिट दर्ता गराउने कारवाहीमा परेका जसपा नेता विजय यादवले बताए । ‘हामीले अहिले छलफल गर्दैछौँ,’ उहाँले भन्नुभयो , ‘कोरोनाका कारण सर्वोच्च अदालतमा के कसरी काम भइरहेको छ, यो बुझेर हामी जान्छौँ, त्यसअघि पार्टीमा छलफल गर्दैछौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu