विश्वभर कोरोना संक्रमणबाट ३२ लाखभन्दा बढीको मृत्यु
काठमाडौं – विश्वभर हालसम्म कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ ।विश्व्यापी महामारीको रुपमा फैलिएका ९कोरोना भाइरस० को दोस्रो लहर विश्वरीमा फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८२ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको हो । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमण वृद्धिसँगै मृतक संख्या ३२ लाख ६ हजार ६४१ पुगेको छ ।
हालसम्म विश्वभरीमा कुल कोरोना संक्रमितको संख्या १५ करोड २८ लाख १९ हजार ६८४ पुगेको छ । विश्वभरमा १३ करोड १० लाख पाँच हजार २३५ जना संक्रमणमुक्त भएका छन्कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ ।
हालसम्म अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ ।
मृतक र संक्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित भएको मुलुकमा छ ।