राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उहाँले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला ओली माओवादीतिर लागेपछि उहाँ शंकटमा पर्नु भएको छ ।