विमला वली अपरहणमा पर्नुभयो, प्रहरीलाई उद्धार गर्न भनेका छौं:लुम्बिनीका प्रदेश मन्त्री
बुटवल-लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) अपहरणमा परेको दाबी गर्नु भएको छ ।
सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण गरिएको बताउनुभएको छ ।
उहाँ संसदीय दलको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो। बाटो बाटै अपहरण गरे। बीच बाटोबाट अर्को गाडीमा चढाएर लगिएको छ चौधरीले भन्नुभयो , हामीले सुरक्षा निकायलाई खोज तलास गरी उद्धार गर्न भनेका छौं।
उहाँले आफूहरूले वलीलाई पर्खने बताउनुभयो ।उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छु, चौधरीले भन्नुभयो ुउहाँलाई सकुशल उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यसपछि बल्ल कसरी अगाडि बढ्ने टुङ्गो लाग्छ।
उहाँले सांसद वलीको फोन अफ रहेको बताउनुभयो ।वली उपनिर्वाचन मार्फत सांसद चुनिनुभउको हो । उहाँले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।