Connect with us
Kapilvast Forest

आइपिएलः पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा उक्लियो

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।

१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।

पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थिए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । दिल्लीले ८ खेलबाट १२ अंक हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गर्दा पञ्जाव भने ८ खेलबाट ६ अंक हासिल गर्दै छैटौं स्थानमा सीमित रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu