Connect with us
Kapilvast Forest

देशभरी १ हजार शय्याका अस्पताल बनाउने प्रधानमन्त्रीको घोषणा

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र प्रदेशमा गरी १ हजार शय्याका अस्थायी अस्पताल बनाउने घोषणा गर्नु भएको छ ।आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री ओलीले नागरिकको जीवन रक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले यसका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभयो ।ओलीले वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताउनुएको छ ।

सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निर्णय भएको उहाँले बताउनु भयो ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu