आयुर्बेद अस्पतालद्धारा पत्रकार महासंघलाई औषधी
कपिलवस्तु –कपिलवस्तु आयुर्बेदिक स्वास्थय केन्द्रले पत्रकार महासंघ कपिलवसतु शाखालाई आयुर्बेदिक औषधी प्रदान गरेको छ । कोरोना संक्रमण लगायतका रोगहरुसंग लडन सहयोग गरी प्रतिरोधात्मक क्षमता बढाउने खोलको आयुर् क्वाथ नामक आयुर्बेदिक औषधी प्रदान गरेको हो ।
कपिलवस्तु आयुर्बेदिक स्वास्थय केन्द्रका प्रमुख तथा डाक्टर प्रबेश श्रीवास्तवले महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यलाई सो औाषधी हस्तान्तरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कपिलवस्तुमा आबद्ध रहेका सय जनालाई पृुग्ने गरी सो औषधी प्रदान गर्नु भएको हो । आषधीमा गुर्जो, त्रिकुट, यष्ठिमधु र सुदर्शन चुर्णको समिश्रण रहेको डाक्टर श्रीवास्तवले बताउनु भयो ।
यौ औषधीको नियमित सेवनले शरीरमा रोगसंग लडने क्षमताको बिकाश हुने र शरीरलाई फाईदा पुग्ने बताउनु भयो । पत्रकार महासंघका जिल्ला अध्यक्ष बज्राचार्यले डाक्टर श्रीवास्तवलाई महासंघलाई औषधी दिएकोमा धन्यबाद दिदै आपसी सहकार्य र समन्वयमा अघि बढने बताउनु भयो ।