Connect with us
Kapilvast Forest

होटल तथा रेष्टुरेण्ट व्यवसायिका पदाधिकारीलाई कपिलवस्तुमा स्वागत 

२०७६, ११ श्रावण शनिबारमा प्रकाशित

  • दिपक के.सी. कपिलवस्तु साउन ११,
    होटल तथा रेष्टुरेण्ट व्यवसायि संघ कपिलवस्तुले एक जिल्ला एक मात्रै संगठन हुनु पर्ने माग गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायि महासंघ प्रदेश नं. ५ का पदाधिकारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा संघका कपिलवस्तु अध्यक्ष गोपाल खत्रीले ४ बुदे माग ध्यान आर्कषण पत्र बुझाएका हुन ।
    कपिलवस्तुका होटल तथा रेष्टुरेण्ट व्यवसायिहरुको ध्यान आर्कषण पत्र बुझ्दै होटल तथा रेष्टुरेण्ट व्यवसायि महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले लाइनका होटलहरुले गाडी स्टाफलाई दिने भत्ता र निशुल्क खानको चलन हटाउन आफुले पहल गर्ने बताए । लाइनका होटल भन्दा अन्य होटलहरुमा जति सुकै स्वादिष्ट र सफा खाना भए पनि चालकले लाइनका होटलमा नै गाडी रोकि दिदाँ उपभोत्ताहरु चपेटा परेको उनले स्वीकार गरे । “निशुल्क खान पाउने र साथमा भत्ता पनि मोटो रकम पाइने हुदाँ चालकले जस्तो पायो त्यस्तै होटलमा रोकिदिदा ग्राहक भने मारमा परेका छन, यसको अनुगमन गरी यस्तो परिपाटिको अन्त्य गर्नुपर्छ” अध्यक्ष काफ्लेले भने ।एक जिल्लामा होटल व्यवसायि संघको एक मात्रै संगठन बनाउन सबै होटल व्यवसायिलाई समेट्नु पर्ने उनले जनाए । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल पार्न होटल तथा रेष्टुरेण्ट व्यवसायिहरुको महत्वपूर्ण भूमिका रहने भएकोले अतिथि सत्कारमा कुनै कन्जुस्याइ नगर्न समेत उनले व्यवसायिकहरुलाई आग्रह गरे ।
    नव गठित होटल व्यवसायि महासंघ प्रदेश ५ का पदाधिकारीलाई कपिलवस्तुमा स्वागत गर्दै ४ बुदे ध्यान आर्कषण पत्र बुझाएका थिए । व्यवसायिले एक जिल्लामा एक संगठन हुनु पर्ने , प्रत्येक जिल्लाका महासचिव र सचिव विच संजाल बनाउनु पर्ने, लुम्बिनी भ्रमण बर्ष २०७६ को कार्य योजना कुनकुन जिल्लामा कसरी संचालन भएको छ सो बारे जानकारी, गाडी लाइनका होटलमा गाडी स्टाफ भनेर भत्ता लिने दिने कार्यलाई बन्द गराउनु पर्ने बुदा उल्लेख गरी ध्यान आर्कषण पत्र बुझाएका थिए ।
    होटल तथा रेष्टुरेण्ट व्यवसायि संघ कपिलवस्तुका अध्यक्ष गोपाल खत्रीको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि होटल तथा रेष्टुरेण्ट व्यवसायि महासंघ प्रदेश ५ अध्यक्ष भाष्कर काफ्ले रहेका थिए । संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संघका सचिव शिवराज सापकोटाले गरेका थिए ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu