ललितपुरका प्रजिअलाई कोरोना पुष्टि
काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले उपत्यका प्रजिअहरुको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिनुभयो ।
‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उहाँले भन्नुभयो ।उहाँ अहिले आइसोलेशनमा रहनुभएको छ ।