Connect with us
Kapilvast Forest

उपत्यकाको निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बियो

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ।मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। तीनवटै जिल्ला प्रशासनको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयाो।

उहाँका अनुसार बेलुका पाँच बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने खाद्यसामग्री पसल सञ्चालनमा रोक लगाइएको छ।‘बिहान ९ बजेसम्ममात्र खाद्यसामग्री​का पसल खोल्न दिने निर्णय गरेका छौ,’उनले भने,‘अत्यवश्यक कामका लागि मात्र गाउँबाट उपत्यका छिर्न दिइने छ,बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने छ,सरकारी सवारीसाधन पासबिना चलाउन नपाइने निर्णय भएको छ।’

उहाँले सडकमा अत्यवश्यक कामबाहेक हिँड्डुल गर्न पनि नदिइने बताउनु भयो । यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu