कपिलवस्तु नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा
कपिलवस्तु-नगर क्षेत्र भित्र रहेका बालबालिका खोपको पहुचमा पुगे पछि कपिलस्तु नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । खोपको मापदन्ड पुरा गरे पछि कपिलवस्तु नगरपालिकालाई मंगलवार पुर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले नगरका १२ वटै वडामा रहेका जन्मे देखि २३ महिना सम्मका कुल ३ हजार ५२६ जना बालबालिका नै खोपको पहुचमा पुगको प्रतिबेदन पढेर सुनाउनुु भएको थियो । सो अवसरमा ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जिल्लालाई बैशाख भित्रै पुर्णखोप घोषणा गर्नू पर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश मै कपिलवस्तु मात्र अहिले सम्म पुर्ण खोप जिल्ला घोषणा हुन नसकनु दुःखद कुरा भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा खनालले मेयर सिंहलाई नगरपालिका पुर्ण खोप भएको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा मेयर किरण सिंहले स्वास्थ्य चौकीका प्रमुख र नगर स्वास्थ्य शाखाका प्रमुखको अथक प्रयासले नगरपालिका पुर्णखोप हुन सकेको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सबैको प्रयासले यो सफलता मिलेको बताउनुभयो । सो अवसरमा १२ वटै स्वास्थ्य चौकी र वडाअध्यक्षलाई पूशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम मेयर सिंहको अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको थियो । सोमवार नै कृष्णगनर नगरपालिका पुर्णखोप घोषणा भएको थियो ।
जिल्लामा यशोधरा गाउपालिका र महाराजगंज नगरपािलका मात्र पुर्ण खोप घोषणा गर्न बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताउनुभयो । उहाँले जिल्लालाई यही बैशाख भित्र पुर्ण खोप घोषणा नगै कार्यक्रम रहेको बताउनुभयो ।