गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं -गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गर्नु भएको छ । उहाँले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सोमबार प्रदेश प्रमुख नियुक्त गर्नु भउको थियो । उहाँले सोमबार नै पद तथा गोपनीयताको सपथ लिनु भएको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नु भएको थियो ।