Connect with us
Kapilvast Forest

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

बुटवल- लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनु भएको छ । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनु भएको हो ।

१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चिरहण गरेको र मुलुकलाई अस्थरतातर्फ धकेलेको उहाँले बताउनु भएको छ । कपिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उहाँले राजीनामा पत्रमा भन्नु भएको छ ।उच्च रक्तचापको विरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’

डाँगीले कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहने प्रतिवद्धता समेत जनाउनु भएको छ ।आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गर्नु भएको थियो । एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामादिनु भएको थियो भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोज्नु भएको थियो ।

सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिनु भएको थियो । तर श्रीवास्तव र शाहीले पोखरेलको पक्षमा फर्किनु भएको छ । श्रीवास्तव मन्त्री समेत भइसक्नु भएको छ ।

तर मुख्यमन्त्री पोखरेलको संकट टरेको छैन । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छ । जबकी ८९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu