थप ५८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ – नेपालमा आज (बुधबार) ५८ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमित भई ६०० जना आईसीयुमा रहेकामध्ये १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पालमा पछिल्लो २४ घन्टामा थप ८ हजार ६५९जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ८ हजार ६०५ जनामा तथा ५४ जनामा एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।