Connect with us
Kapilvast Forest

बेलझुण्डी अस्पतालको बिजोग:अब बिरामी भर्ना गर्न सक्दैनौं: व्यवस्थापक

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

दाङ – एमाले नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्तिको बधाई पाइरहँदा उनकै गृहजिल्लामा अवस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावले विरामीहरु छटपटाइरहनुभएको थियो । अक्सिजनको जोहो समयमै नहुँदा एकजनाको त ज्यानै गयो । दुई जना बिरामीलाई उहाँका आफन्तले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पठाउनुभयो ।

उहाँहरुले व्यक्तिगत पहलमा एक–दुईवटा सिलिण्डर जसोतसो जोहो गर्थे तर ती सिलिण्डर पनि एकैछिनमा रित्तिन्थे । अस्पतालका चिकित्सक तथा कर्मचारीहरु कहिले अक्सिजन आपूर्तिकर्तालाई गाडी कतिबेला आइपुग्छ भनेर सोध्थे, कहिले नेताहरुलाई फोन गरेर अस्पतालको व्यथा सुनाउनुभयो ।

अस्पतालका व्यवस्थापक द्रोण ओलीले गाडीवालालाई टेलिफोनमा ‘४० जना विरामीहरुलाई तत्काल अक्सिजन चाहिएको छ । हामीसँग भएको अक्सिजनले राति नौ बजेसम्म मात्र पुग्छ । त्यसपछि के हुने हो थाहा छैन उहाँले भन्नु भयो ।’

व्यवस्थापक ओलीका अनुसार अस्पतालमा भर्ना हुने विरामीहरुको संख्या बढ्दो छ । तर अक्सिजनको आपूर्ति सहज र पर्याप्त छैन । अक्सिजन लिन दिनहुँ बाँकेको नेपालगञ्जसम्म धाउनुपर्छ । अक्सिजन बोकेको गाडी आइपुग्न एक घण्टामात्रै ढिलो भयो भने वा बीचबाटोमै बिग्रियो भने बिरामी ज्यान जोखिममा पर्छ ।

‘सप्लायर्सले भनेअनुसार अक्सिजन भर्ने ठाउँमा पनि पालो कुर्नुपर्छ रे । अस्पतालको अहिलेको अवस्था हेर्ने हो भने हामीलाई एक मिनेट पनि ढिलो गर्न छुट छैन,’ व्यवस्थापक ओलीले भन्नुभयाृे , ‘आइतबार एकैछिन ढिलो हुँदा तुलसीपुरका एकजना बुवालाई गुमाउनुपर्‍यो ।’

अक्सिजन भर्न हरेक दिन तीन घण्टाको दुरी पार गर्दै नेपालगञ्ज–बेलझुण्डी आउ–जाउ गर्नुको विकल्प छैन । अक्सिजन ढुवानी गर्ने गाडी बिग्रियो भने वैकल्पिक व्यवस्था छैन ।

‘अहिले एक दिनमा २४० वटाको दरले खपत हुन थाल्यो । यो अवस्थामा हामी एउटा गाडीको चारवटा पांग्रामा भर परिरहेका छौं,’ ओलीले भन्नुभयो , ‘धेरै पटक, धेरै ठाउँमा भनसुन गर्दा पनि अहिलेसम्म आपूर्ति सहज बनाउन सकेका छैनौं ।’

संक्रमितको संख्या थपिएसँगै अक्सिजन पनि अभाव भएकाले अब नयाँ भर्ना गर्न नसक्ने ओली बताउनुभयो । हाल अस्पतालमा ५७ जना कोरोना संक्रमित बिरामी उपचाररत रहेको जानकारी दिँदै उनले भने, ‘अक्सिजनको सहज र प्रयाप्त उपलब्ध नभएको हुँदा कसैले पनि बिरामी भर्नाको लागि सिफारिस र दबाब नगरिदिनुहुन अनुरोध गर्दछु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu