कांग्रेस सभापति देउवालाई भेट्न माधव नेपाल बूढानीलकण्ठ
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुग्नु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुग्नु भएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुग्नु भएको हो । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुग्नु भएको थियो ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।