Connect with us
Kapilvast Forest

कांग्रेसले २५ गतेका लागि बाेलायाे संसदीय दलको बैठक

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

  काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गतेका लागि पार्टी संसदीय दलको बैठक बोलाएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेकाे ल्होत्से कक्षमा २५ गते दिउँसाे २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदाे बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदाे बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । त्यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने पार्टी सचेतक भुसालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu